राष्ट्रिय जनसाँस्कृतिक महासंघमा सुन्दर गुरुङ

बाँके, फागुन १९ । राष्ट्रिय जनसांस्कृतिक महासंघ बाँकेको शनिवार सम्पन्न नवौं जिल्ला अधिवेशनले सुन्दर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा गीता अर्याल,उपाध्यक्षमा नवराज भट्ट,सचिवमा इन्दिरा गौतम,चन्द्रावती अधिकारी सर्वसहमत चयन हुनुभएको छ ।

सदस्यमा भुपेन्द्र सुवेदी लगायत रहनुभएको छ । महासंघका निवर्तमान अध्यक्ष भीमकान्त लामिछानेको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार दलबहादुर सुनार,पार्टी अध्यक्ष किस्मत कुमार कक्षपति,पार्टी प्रदेश कमिटी सदस्य अशोक कर्मचार्य,पार्टी सचिवालय सदस्य एवम मोर्चा संगठन प्रमुख भिम वली,महासंघ केन्द्रीय सदस्य हरि तिमिल्सना, जनसांस्कृतिक महासंघ इन्चार्ज विष्णुकान्त आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।