बालकको उपचारमा आर्थिक अभाव

बाँके, चैत १९ । शिक्षण अस्पताल नेपालगञ्जमा नवजात शिशुको उपचारमा आर्थिक अभाव देखिएको छ । ५ दिने शिशुका पिता जाजरकोटको छेडा नगरपालिका वडा नम्बर १२ का विनोद वलीले चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि एकलाख ५० हजार रुपियाँ खर्च हुने बताएको जानकारी दिनुभयो ।

आफुसँग ल्याएको रकम पहिले नै अन्य उपचारमा खर्च भएको भन्दै उहाँले नवजात छोराको उपचारमा रकम अभाव भएपछि आमा र शिशुलाई घर लेजान लागिएको बताउनुभयो । छेडाका समाजसेवी तथा ब्यवसायी गोपीलाल शर्माले नवजात शिशुको टाउकोमा थप टाउको आकारको जोडिएका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका बताउनुभयो ।