खजुरा ४ खानेपानीको रचनात्मक काम – क्यालेण्डर विमोचन र बृक्षारोपण

बाँके, चैत २९ । बाँकेको खजुरा गाउँपालिका ४ ईगाउँमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नयाँ बर्ष २०८१ सालको अवसर पारेर बिहिवार क्यालेण्डर विमोचन तथा बृक्षारोपण गरेको छ । गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, खानेपानी डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाशजंग शाह, वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोकाय, समितिका अध्यक्ष उज्ववल बिसी, खानेपानी उपभोक्ता महासंघका अध्यक्ष भद्रप्रसाद देवकोटा लगायतले क्यालेण्डर विमोचन गर्नुभयो ।

सो अवसरमा उपाध्यक्ष मल्लले खानेपानी आयोजनाका लागि पालिकाबाट थप सहयोग गर्ने बताउनुभयो ।

डिभिजन प्रमुख शाहले आयोजनाले छोटो समयमै उपलब्धीमुलक काम गरेको भन्दै थप ट्यांकीका लागि पहल गरिरहेको बताउनुभयो ।

समितिका अध्यक्ष बिसीले पाईपलाइन बिस्तार कार्य अन्तिम चरणमा रहेको भन्दै ट्यांकी बिस्तार, जेनेरेटरसहित उपभोक्ताको धारासम्म शुद्ध पिउनेपानी उपलब्ध गराउन सम्वद्ध निकायको ध्यानाकर्षण गराउनुभयो ।