नेपालगञ्ज, माघ १७ । बाँकेको कोहलपुर नगरपालिकाले जिल्लाबाट प्रतिनिधीसभा र प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सांसदहरुलाई कोहलपुरको विकास निर्माणको सन्दर्भमा एकमत बनाउन आग्रह गरेको छ । नव निर्वाचित सांसदहरुलाई मंगलबार कार्यालयमा बधाईज्ञापन सहित सम्मान गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कोहलपुरको विकास निर्माणका सन्दर्भमा जिल्लाका जनप्रतिनिधीहरुबाट रचनात्मक साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधीसभा सांसद सुर्य ढकाल, प्रदेश सांसद दुर्गा चौधरी रत्न खत्री, बशन्ती अधिकारी, सञ्जुकुमारी चौधरी लगायतले कोहलपुरको विकास निर्माणका सन्दर्भमा आफुहरुको सदैब साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
लोकप्रिय न्यूज । १७ माघ २०७९, मंगलवार २१:२५