हुलाक प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार

बाँके, भदौं २४ । जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान गरिएको छ ।

निजामती सेवा दिवस २०८० को अवसरमा निजामती सेवा दिवस मुल समारोह समितिले सिंहदरवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा प्रधान मन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले नगद पचास हजार पुरस्कार र ताम्रापत्र प्रदान गर्नु भएको छ । हरेक कार्य क्षेत्रमा तोकिएका कामहरू इमान्दारी पूर्वक सेवाग्राही केन्दीत भएर परिवर्तनसिल धारबाट गरेकोले आफु पुरस्कृत भएको पाण्डेले बताउनु भयो ।

हाल हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभोक्ता हितका क्षेत्रमा गरेका परिवर्तन मुखी काम, कोहलपुर नगरपालिका लगायतका स्थानीय तहमा गरेका संस्थागत सुधार, वातावरण तथा सरसफाई, सड्क बिस्तार तथा सीप र क्षमता विकास अभियानहरू आफु पुरस्कृत हुने थप आधार भएको उहांले बताउनु भयो । यसबाट आफुमा थप हौसला बढेको समेत बताउनु भयो ।