बाँके, मंसिर १९ । बाँकेको खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनुभएका बसबहादुर राना मंगलबारदेखि कार्यालयमा हाजिर हुनुभएको छ । करिब एक महिना अघि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको बर्दियाको बढैयातालमा सरुवा भएपछि खजुरामा प्रमुख प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त थियो । दशैं लगत्तै प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि विकास निर्माणका काम प्रभावित भएको अवस्थामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रानाको सरुवा भएको छ । रानाले केही समय पहिले बाँकेको जानकी गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएको थियो ।
लोकप्रिय न्यूज । १९ मंसिर २०८०, मंगलवार २०:१८