बाँके, नेकपा एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघ बाँकेको ७ औ जिल्ला अधिबेशन आज खजुरामा हुदैछ ।
महासंघका केन्द्रीय अध्यक्ष प्रेम दङ्गालले अधिबेशनको उद्घाटन गर्नुहुने महासंघका केन्द्रीय सदस्य नारद शर्माले जानकारी दिनुभयो ।
अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जिल्ला अध्यक्ष कृष्ण बिक्रम केसीले जानकारी दिनुभयो ।
अधिबेशनका लागि वडा कमिटी,पालिका कमिटीसहित विभिन्न घटक संगठनबाट प्रतिनिधित्व चयन भएको महासंघले जनाएको छ ।
लोकप्रिय न्यूज । १३ बैशाख २०८२, शनिबार ०७:४१