दुर्गा कालिका मन्दिर संरक्षणका लागि प्रदेश सभा सदस्य खत्रीको पहलमा पर्खाल निर्माण

बाँके, बैशाख २७ । लुम्बिनी प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य रत्न खत्रीले विकास निर्माणका सन्दर्भमा दलगतरूपमा बिभाजन आवश्यक नभएको बताउनुभएको छ ।

खजुरा ७ मनकामनामा निर्माण गरिएको श्री दुर्गा कालिका तथा शिव मन्दिर परिसरमा निर्माण गरिएको पक्की पर्खालको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले निर्वाचनको दिनमा मात्रै पार्टी हेरेर अन्य दिनमा मिलेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले खजुराको विकास निर्माणमा सबै राजनीतिक दल मिलेर जानुपर्ने बताउदै आफुले संघ र प्रदेशमा बिकासका लागि पहल गर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य खत्रीको पहलमा गत र चालू आबमा गरि २० लाखको बजेटमा पर्खाल निर्माण भएको हो  । यसैगरी गुरुकुल भवन पनि निर्माणको क्रममा छ ।

 

मन्दिर संरक्षण समितिका अध्यक्ष विश्व ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका खजुरा गाउँ कमिटीका अध्यक्ष देविलाल खनाल,नेपाली कांग्रेस खजुराका सभापति रमेश सिजाली, लक्ष्मीनारायण मन्दिर समितिका अध्यक्ष शिवराज श्रेष्ठ, खजुरा ३ का वडा सदस्य मित्र थापा,७ का वडा सदस्य सुजिता मानन्धर,समितिका सहसचिव मानबहादुर भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभयो ।