एमाले बाँकेमा सर्वसम्मत वडा अधिबेशन, खजुरा ३ मा प्रकाश केसी

बाँके, चैत २७ । जेठ ४ र ५ गते हुने नेकपा एमाले बाँकेको जिल्ला अधिवेशनको तयारी अघि बढाइएको छ । जिल्ला अधिवेशन भन्दा पहिले चैत मसान्तभित्र वडा अधिवेशन र बैशाख २० भित्र पालिका अधिबेशन सम्पन्न गर्ने निर्णय अनुसार हाल वडा अधिबेशन जारी छन् । मंगलबार खजुरा र नेपालगञ्जका विभिन्न वडामा वडा अधिवेशन सम्पन्न भएका छन् । खजुरा ३ मा इन्द्रबहादुर केसीको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी गठन भएको छ । नव निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज शान्ति ढकालले सपथग्रहण गराउनुभयो ।

सो अवसरमा एमालेका केन्द्रीय सल्लाहकार बाबुराम गौतम, जिल्ला अध्यक्ष किस्मत कक्षपति, पूर्व अध्यक्ष नन्दलाल रोकाय, प्रदेश कमिटी सदस्य एकमाया विक, करिम खान, प्रदेशसभा सदस्य तथा जिल्ला सचिव रत्न खत्री, नेताहरु भित्र वली, वडा इन्चार्ज निर्मल खनाल लगायतले शुभकामना ब्यक्त गर्नुभयो । एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको जानकारी दिनुभयो ।