भुटानमा भएको प्रतियोगितामा पदक बिजेता खेलाडीलाई खजुरामा भव्य स्वागत र अभिनन्दन

नेपालगञ्ज, फागुन १० गते । भुटानको थिम्पुमा हालै सम्पन्न दोश्रो भुटान जिता क्योई जुडो प्रतियोगितामा पदक विजेता बाँकेको खजुरास्थित ज्ञानोदय नमूना माविका खेलाडीलाई बाँकेको खजु्रामा अभिनन्दन तथा सम्मान गरिएको छ ।
कक्षा ११ मा अध्ययनरत काशीराम महाउत र दिपा खत्रीले स्वर्ण पदक जित्नुभएको हो । प्रशिक्षक विजय गुरुङलाई पनि सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक जितेर विद्यालय र मुलुककै गौरव बढाएकाले खजुराबासीको तर्फबाट नागरिक अभिनन्दन सहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
खजुरामा ¥याली सहित गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल,प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, खेलकुद विकास समितिका सदस्य सचिव छबी विष्ट लगायतले विजेता खेलाडी तथा प्रशिक्षकको सम्मान गर्नुभयो ।
गाउँपालिकाले विजेता खेलाडीलाई जनही २७ हजार रुपियाँ नगद प्रदान गर्ने अध्यक्ष विकले बताउनुभयो ।