एमाले खजुरा ४ मा खत्री

बाँके, चैत २८ । नेकपा एमाले खजुरा गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा लोकबहादुर खत्री निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न् दोश्रो वडा अधिवेशनले खत्रीको अध्यक्षतामा सर्बसम्मत वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नारायण खनाल, सचिवमा रत्ना चन्द र उपसचिवमा गोविन्द खत्री तथा चन्द्र थापा रहनुभएको छ । नव निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष तथा जिल्ला प्रचार विभाग प्रमुख सतिश निरौलाले सपथग्रहण गराउनुभयो ।

अधिवेशनमा जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न् खत्री, प्रदेश कमिटी सदस्य एकमाया विक, जिल्ला कमिटी सचिवालय सदस्य भिम वली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।