बाँके, चैत २२ गते । लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले बाँकेको खजुरा गाउँपालिका ८ रनियापुरस्थित लुम्विनी प्राविधिक विश्व विद्यालय निर्माणका लागि प्रस्ताव गरिएको जग्गाको बुधबार स्थलगत अनूगमन तथा निरीक्षण गर्नुभएको छ ।
बुधबार प्रतिनिधीसभा सांसद सुर्य ढकाल, प्रदेश सांसद रत्न खत्री, गाउँपालिकाका अध्यक्ष डम्बर विक, पुर्व अध्यक्ष किस्मत कक्षपति,बिश्व विद्यालयका उपकुलपति प्रा.डा.विनोद ढकाल, रजिष्ट्रार रेगबहादुर भण्डारी सहित उहाँ रनियापुर पुग्नुभएको हो ।
खजुरा गाउँपालिकाले बिश्व विद्यालयका लागि आवश्यक एकसय विघा भन्दा बढि जग्गा उपलब्ध गराउन सिफारिस गरेको छ । जसमध्ये केही जग्गामा घरटहरा समेत रहेका छन् । उनीहरुको ब्यवस्थापन गरिने भएको छ । प्रस्तावित जग्गा गाउँपालिकाले सिफारिस गरेको भएपनि हालसम्म सो जग्गा बिश्व विद्यालयले प्रयोग गर्न पाउने गरि निर्णय भईसकेको छैन । मुख्य मन्त्री गिरी सहितको टोली लुम्बिनी प्राविधिक बिश्व विद्यालयको सिनेटमा भाग लिन नेपालगञ्ज पुगेको हो ।
लोकप्रिय न्यूज । २२ चैत्र २०७९, बुधबार १०:४६