बाँके बुझेका एसपी कार्कीलाई जिल्ला प्रहरीको कमाण्ड

बाँके, चैत २४ । बाँके जिल्लालाई राम्ररी बुझेका नेपाल प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा सरुवा भएको छ । कार्कीले करिब दुई दशकअघि वडा प्रहरी कार्यालय नेपालगञ्जको इन्चार्जको रुपमा काम गर्नुभएको थियो । केही समय अघिसम्म उहाँ खजुरा स्थित दंगा नियन्त्रण प्रहरी गणको प्रमुखको रुपमा कार्यरत रहनुभएको थियो ।

बाँकेमा पछिल्लो समय हत्या, डकैती जस्ता अपराधिक घटना बढिरहेको समयमा एसपी कार्कीको प्रहरी प्रमुखको रुपमा सरुवा भएको छ । एसपी सुबासचन्द्र बोहरा बिवादित भएपछि प्रहरी प्रधान कार्यालयले पछिल्लो सरुवा गरेको हो ।