बाँके, माघ ५ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुुर गौरीनगरस्थित शुक्र भलीबल स्टेडियममा शनिबारदेखि सुरु भएको नयाँ गौरीनगर दोश्रो खुल्ला फुटबल प्रतियोगितामा न्यू दर्पण युवा स्पोर्टस क्लव खजुरा ४ ई गाउँले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा न्यू दर्पणले आयोजक एफसी–११ क्लव नयाँ गौरी नगरलाई ० का बिरुद्ध ४ गोलको अन्तरले पराजित गरेको हो । न्यू दर्पणका सन्देश गुरुङले पहिलो गोल गरे भने निराजन शाहीले २ गोल र प्रेम सुनारले १ गोल गरेको न्यू दर्पण युवा स्पोर्टस क्लवका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले ग्रामीणक्षेत्रमा खेलकुदका गतिविधि हुनु सकारात्मक भएको भन्दै पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । क्लवका अध्यक्ष हरीशरण महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष धनीराम वली, वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर रोकाय, प्रदेश खेलकुद परिषदका सदस्य डिबी तामाङ्ग लगायतको सहभागिता थियो । प्रतियोगितामा १३ क्लवको सहभागिता रहेको छ ।
लोकप्रिय न्यूज । ६ माघ २०८१, आईतवार १०:३५