नेपाली काँग्रेस बाँकेको सम्मेलनमा विविध विषयमा छलफल

नेपालगञ्ज, चैत १८ । नेपाली कांग्रेस बाँकेले यहिँ शनिवार नेपालगञ्जमा प्रथम जिल्ला सम्मेलन भएको छ । जिल्ला अधिवेशनपछि पहिलो पटक भएको सम्मेलनको नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभयो । सम्मेलनमा १ हजार ६ सय प्रतिनिधि सहभागी छन् । काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको अध्यक्षतामा कार्यक्रम भएको छ । सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरण जारी छ ।