कोहलपुर, असोज ९ । बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुर्य ढकालले निर्वाचनको समयमा गरिएको प्रतिवद्धता कार्यान्वयनको चरणमा गएकाले रचनात्मक खबरदारीका लागि क्षेत्रबासीसँग अपिल गर्नुभएको छ । योजना कार्यान्वयनको सन्दर्भमा ढकालले जिल्लास्थित सम्वद्ध सरकारी कार्यालयका प्रमुखसँग समेत छलफल गरिरहनुभएको छ ।
मंगलबार कोहलपुरमा पत्रकार भेटघाट गरि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका सांसद ढकालले निर्वाचनको समयमा जनताबाट मागको रुपमा आएका १३१ वटा परियोजना मध्ये भौतिक पूर्वाधारका २० योजना रातो किताबमा समावेश भई कार्यान्वयनमा आएको बताउनुभयो । योजना सम्पन्न नभएसम्म नागरिकस्तरबाट निरन्तर खबरदारी गर्न, भ्रष्टाचार, ढिलासुस्तीबारे चनाखो रहन आग्रह गर्नुभयो । ढकालले करिब एक अर्ब लागतका विभिन्न आयोजना चालु आर्थिकवर्षमा निर्वाचन क्षेत्रमा समावेश भएको बताउनुभयो । सांसद ढकालले राप्ती नदीको तटबन्धन आफनो पहिलो प्राथमिकता रहेको बताउँदै आउनुभएको छ । ढकालले शैक्षिक आन्दोलनको समर्थन गर्नुभयो ।
लोकप्रिय न्यूज । ९ आश्विन २०८०, मंगलवार २२:३९