नेपालगन्ज,मंसिर ५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज बुधबार बाँकेमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
बिकासमा पछि परेको नरैनापुर गाउँपालिकाको बिकास निर्माणमा केन्द्रीत भइ नेकपा एमालेले नरैनापुरमा जनसभा आयोजना गर्न लागेको हो । बिहान ११ बजे नरैनापुर चोकमा हुने कार्यक्रममा एमालेका छ वटा वडा कमिटी र पालिका कमिटीले माग पत्र प्रस्तुत गर्ने एमाले केन्द्रीय सदस्य, निर्वाचन क्षेत्र संयोजक तथा प्रतिनिधि सभा सदस्य सुर्य ढकालले जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले खल्ला झगडीयास्थित राप्तीनदीको कटानको स्थलगत अनुगमन तथा केही सामुदायिक विद्यालयको अनुगमन गर्ने कार्यक्रम रहेको छ । एमाले नेता स्व. दिनेशचन्द्र यादवको शालिकमा मुख्यमन्त्री आचार्यले माल्यार्पण गर्नुहुनेछ ।
एमाले बाँकेका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार मुख्यमन्त्री आचार्य बुधबार बिहान नेपालगन्ज स्थित बैकुण्ठधाम समितिको सचिवालय पुग्ने कार्यक्रम छ । यसैगरी बिहान नै एमाले बाँकेले आयोजना गर्ने कार्यकर्ता भेलामा आचार्य सहभागी हुनुहुनेछ ।
लोकप्रिय न्यूज । ५ मंसिर २०८१, बुधबार ०८:१९