लोकप्रियको त्रैमासिक रक्तदान

बाँके, साउन २५ । लोकप्रिय सन्देश दैनिकको आयोजनामा बिहिवार नेपालगञ्जमा त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ३० जना भन्दा बढिले रक्तदान गर्नुभएको छ । सो अवसरमा पुर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपालगन्जका उपप्रमुख कमरुद्दिन राई, भेरी अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र शाह, अग्रज पत्रकार रुद्र सुवेदी,कमल न्यौपाने ,नन्दलाल बैश्य रक्तदाता पत्रकार भगतराम थारु,आशा परियार लगायतका अग्रज ब्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम संयोजक दिनेश ठाकुरका अनुसार करिब एकदशकदेखि रक्तदान कार्यक्रम जारी छ । सो अवसरमा पुर्ब मन्त्री राइृको पहलमा रक्तसञ्चार केन्द्रको नयाँ भवन निर्माण भईरहेकोमा कर्मचारी लगायतले पुर्व मन्त्री राईको प्रशंसा गर्नुभएको थियो ।