रेसिङ्ग सहारा र न्यु डाँफे ‘बि’ विजयी

खजुरा, माघ १८ : बाँकेको खजुरा डि गाउँ स्थित मिनि रंगशालामा जारी नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा विहिबार सम्पन्न खेलमा रेसिङ्ग साहरा क्लब कोहलपुर र न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ ले जित निकालेको छ ।
प्रतियोगिताको चौथो दिन सम्पन्न पहिलो खेल रेसिङ्ग साहरा क्लब कोहलपुर र एफ सि गौघाट विच भएको थियो । रेसिङ्ग साहराले एफ सि गौघाटलाई १ का विरुद्ध ४ गोल गरि हराएको हो । रेसिङ्ग साहराका तर्फबाट महेश विकले खेल शुरुभएको १३ मिनेट र ३० मिनेटमा २ गोल गरे । महेश शाहीले ४० मिनेट हुँदा एक गोल गरे भने कुष्ण पुरीले ४५ औं मिनेटमा अर्को गोल गर्दै टिमलाई अघि बढाए । उता एफ सी गौघाटको तर्फबाट सरोज केसीले ३८ औ मिनेटमा एक गोल गरेका थिए । सरोजको एक गोल पछि गौघाटले थप गोल गर्न असमर्थ रह्यो । पहिलो खेलको म्यान अफ द म्याच रेसिङ्ग साहरा क्लब कोहलपुरका सुनिल थापा मगर भएको खेल संयोजक तिलक विर सुनारले जनाए ।

त्यस्तै विहिबार सम्पन्न दोस्रो खेलमा न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ ले जित निकालेको छ । खेलको समयसिमा सम्म न्यु डाँफे ‘बि’ र सगरमाथा युथ क्लब बैजानाथको १÷१ गोल भएर बराबरिमा टुङगिएपछि ट्राईबेकरमा न्यु डाँफेले जित निकालेको हो । ट्राईबेकरमा खेल गएपछि सगरमाथा युथ क्लवको २ गोल र न्यु डाँफेको ४ गोल भएको थियो । दोस्रो खेलको म्यान अफ द म्याच न्यु डाँफेका गोल किपर दिपेन्द्र बोहरा भएको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । दुबै म्यान अफ द म्याच घोषित खेलाडिले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले प्राप्त गरे ।

विहिबार पानि परेपनि खेल सन्चालनमा कुनै कठिनाई नभएको न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकले बताए । अध्यक्ष विकका अनुसार नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन । उक्त पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन ।

खेल संयोजक सुनारले प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने जनाए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन । शुक्रबार देखि क्वाटर फाइनलका खेल शुरु हुनेछ । शुक्रबार पहिलो खेल बाग्मति स्पोर्टस क्लब बि गाउँ र एफ सी ब्रोदर्श खजुरा विच हुनेछ । त्यस्तै दोस्रो खेल धम्बोझी क्लब नेपालगन्ज र न्यु दर्पण स्पोर्टस क्लब खजुरा ४ ई गाउँविच हुने न्यु डाँफे स्पोर्टस क्लवका बरिष्ठ उपाध्यक्ष मदनरत्न केसीले जानकारी दिए