बाँके,पुस ६ । बाँकेको खजुरा ४ ई गाउँमा भोलि शनिबारदेखि खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना हुने भएको छ । न्यु दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गते सम्म संचालन हुने प्रतियोगितामा १७ टोलिको सहभागिता रहेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेतालाई १ लाख,दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।
ई गाउँस्थित मनकामना माविको खेल मैदानमा उद्घाटन खेल आयोज न्यु दर्पण ए र दङ्गा नियन्त्रण प्रहरी गण खजुरा बिच दिउँसो हुनेछ ।
लोकप्रिय न्यूज । ६ पुष २०८०, शुक्रबार १८:१७