बाँके । प्रेस चौतारी बाँकेको १० औं जिल्ला अधिवेशनबाट कमल डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित भएको छ ।
कार्यसमितिमा रामु वली- उपाध्यक्ष,पवित्रा परियार-महिला उपाध्यक्ष,देवेन्द्र पाैडेल-सचिव,जियाउल मुस्ताफा कादरी-सहसचिव
दिपेश आचार्य-कोषाध्यक्ष रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा धना केसी,आशा परियार,सन्ध्या गैरे,रमेशचन्द्र कुमाल,प्रदिप राजवंशी,महमद अमिन हलवाई,टार्जन वली रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई नेकपा एमालेका केन्द्रीय सदस्य शान्ति ढकाल,दिपा शर्मा, प्रेस चौतारीका नेता बिश्वमणि सुवेदी,केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे,राजेश राई,महासचिव हिरामान लामा,सचीव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्य, निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना दिनुभयो ।
लोकप्रिय न्यूज । १३ माघ २०८१, आईतवार ०९:२१