नेपालगञ्ज, फागुन ८ । लुम्बिनी प्रदेशा कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल यादवले प्रदेशलाई आगामी तीनवर्षभित्र कृषि उत्पादनमा आत्म निर्भर बनाउने निर्णय गर्नुभएको छ । मन्त्रीको रुपमा सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै यादवले आगामी तिन वर्षभित्रमा हरियो तरकारी, माछा, अण्डा र मासुमा आत्मनिर्भरताका लागि कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्ने नीतिगत निर्णय गर्नुभएको छ ।
लुम्विनी प्रदेशलाई कृषि तथा पशुपालनमार्फत समृद्ध प्रदेश बनाउन सकिने भन्दै मन्त्री यादवले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । बाँके क्षेत्र नम्बर २(१) बाट निर्वाचित जनता समाजवादीका सांसद यादवलाई मुख्य मन्त्री लिला गिरीको सिफारिसमा आईतबार प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि ब्यवस्था मन्त्रीमा नियुक्त गर्नुभएको छ । यसैबीच पदभार ग्रहणलगत्तै मन्त्री यादव गृह जिल्ला बाँके आउनुभएको छ ।
लोकप्रिय न्यूज । ८ फाल्गुन २०७९, सोमबार २०:५४