नेपालगञ्ज, माघ १५ गते । नेपालगञ्जमा आईतबारदेखि वेष्टर्न ट्राभल मार्ट परिचयात्मक भ्रमण कार्यक्रम सुरु भएको छ । मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा भारतको ट्राभल एजेन्ट्स एशोसिएसन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती शहरका टूर अपरेटर, आन्तरिक पर्यटन ब्यवसायी लगायतको सहभागिता रहेको छ ।
कार्यक्रम अन्तर्गत कैलाश मानसरोवरको दुरदर्शन, बागेश्वरी मन्दिरमा आरती पनि शुभारम्भ गरिने भएको छ । भारतीय पाहुनालाई पर्यटकीय र धार्मिक गन्तव्य चिनाउनका लागि नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा नाट्टा बाँकेले गतवर्षदेखि वेष्टर्न ट्राभल मार्टको सञ्चालन गर्दै आईरहेको छ । पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गरि भारतीय बजारमा बजारीकरण गर्ने यो कार्यक्रमको मुख्य उद्धेश्य रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
लोकप्रिय न्यूज । १५ माघ २०७९, आईतवार १४:२०