अखिल बाँकेमा प्रकाश विकको नेतृत्व

बाँके,फागुन ७ । अनेरास्ववियु बाँके  जिल्ला कमिटीको २० औं जिल्ला अधिवेशनले प्रकाश बिश्वकर्माको अध्यक्षतामा सर्वसम्मत कमिटी निर्वाचित भएको छ ।

सोमबार नेपालगन्जमा भएको अधिबेशनबाट उपाध्यक्षमा क्रमशः अमृत खत्री र रोशन शाही, सचीवमा बिनय यादव, सहसचीवमा केशर जङ्ग शाही, सर्जन आचार्य, कृष्ण चन्द ठकुरी तथा सृजना मल्ल तथा कोषाध्यक्षमा वर्षा मल्ल निवाचित हुनुभएको छ ।

अधिबेशनबाट ३७ सदस्यीय कमिटी निर्वाचित भएको छ । अध्यक्ष विक यसअघि आयोजक कमिटीको अध्यक्ष रहनुभएको थियो ।