बाँकेको खजुरा ४ का बालबालिकालाई कार्कीको सहयोग

नेपालगञ्ज, जेठ । नेपालगञ्जमा स्थापित उद्योगपति कमल कार्कीले बाँकेको खजुरा गाउँपालिका ४ का एक परिवारका दिदी भाईको शैक्षिक निरन्तरताका लागि सहयोग गर्नुभएको छ । कार्कीले ज्ञानोदय मावि खजुरामा कक्षा ९ मा अध्ययनरत पुनम बुढा र मनकामना माविमा कक्षा ७ मा अध्ययनरत गणेश बुढाको शैक्षिक निरन्तरताका लागि घरमै पुगेर २५ हजार रुपियाँ सहयोग गर्नुभएको हो ।

लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, एमाले बाँके जिल्ला कमिटी सदस्य देवराम विसी, ब्यवसायी नमु पाण्डेसहित घरमै पुगेर कार्कीले दुबैका हजुर बुवा टेकबहादुर रोकायलाई रकम हस्तन्तरण गर्दै जेहेन्दार विद्यार्थीको रुपमा अघि आग्रह गर्नुभयो ।
दुईबर्षअघि बुवाको कोभिडका कारण निधन भएपछि पुनम र गणेश मावलीमा बसेर अध्ययन अध्यापन गर्दै आएका छन् । सहयोग प्राप्त भएपछि हजुरबुवा रोकायले यस सहयोगले दुबैजनाको एकबर्षको शैक्षिक क्रियाकलाप अघि बढाउन पुग्ने भएकाले ठुलो सहयोग भएको बताउनुभयो ।