नेपालगञ्ज महोत्सवमा ज्योतीको दमदार प्रस्तुती

बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगरले दर्शकलाई भरपुर मनोरञ्जन दिइन । नेपालगञ्जको चिसोमा ज्योतीले माहौल तताएपछि मेलानै रोमाञ्चक भएको थियो ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायिका ज्योती मगरले बेजोड प्रस्तुति पस्किइन ।

नेपालगञ्जको चिसो मौसममा उनी सहित गायिका उमादेवी खनाल, डान्सर सिजृना गुरुङ्गले न्यानो प्रस्तुति दिए ।

आयोजक अध्यक्ष मधु खड्का अनुसार हाल सम्म करिब ७० हजार दर्शकले महोत्सव अवलोकन गरिसकेका छन । आज मात्रै १० हजार खर्शकले अवलोकन गरेका छन ।