नेपालगञ्ज, जेठ ३० । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले वडाबासीबाट प्राप्त हुने सुझाव, सल्लाह र आलोचनाले आगामी दिनमा काम गर्न सहज हुने भएकाले नियमित सार्वजनिक सुनुवाई गर्दै आएको बताउनुभएको छ ।
बासको सहजिकरणमा मंगलबार आयोजित आर्थिक वर्ष २०७९÷०८० मा सम्पन्न कार्यक्रम तथा योजनाको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष रिजालले जनताबाट प्राप्त हुने आलोचनाबाट जनप्रतिनिधी तर्सिने नभई सुझावको रुपमा ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो । ६ बर्षदेखि नियमित सार्वजनिक सुनुवाई गर्दै आएको उहाँको भनाई छ ।
वडाको समग्र विकासका लागि वडाको वजेटले मात्रै नभ्याउने भएकाले संघ, प्रदेश र अन्य निकायसंगको समन्वयमा काम गरिरहेका भन्दै रिजालले आगामी दिनमा वडाको विकासका लागि सबै वडावासीहरु, वडाबाट प्रतिनिधित्व गर्ने सांसदहरु र वडाका प्रतिनिधिहरुको एकमत हुन जरुरी भएको बताउनुभयो । हरेक वर्ष वडावासीहरुले डुवानको समस्या झेल्नु परेको प्रश्नको जवाफ दिदै अध्यक्ष रिजालले नाला निर्माण गर्दा कतिपय ठाउँमा मापदण्ड अनुसारको बन्न नसक्नुले समस्या आएको बताउदै आगामी दिनमा मापदण्ड अनुसार गुर्ण स्तरीय नाला निर्माणमा ध्यान दिने र डुवानको समस्या हुन नदिन लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सहभागिहरुले दिएको सुझावको आधारमा आगामि वर्षको योजना तथा कार्यक्रम तर्जुमा गरी विकास हुन बाँकी रहेको सबै टोलको विकासका लागि योजना निर्माण गर्ने उहाँको भनाई छ ।
सो कार्यक्रमबाट घोषण गरिएका प्रतिबद्धताहरुमा आगामी आ.व. मा योग साधनाको लागि योग भवन निर्माण गर्ने, टोल तथा समग्र वडाको विकासका लागि सबै वडावासीहरु ऐक्कबद्ध हुने, वडा नं. १ र १२ को सिमानामा पर्ने टोलमा सडक निर्माणका लागि सम्बन्धित वडासंग समन्वय गरी सडक तथा आवश्यक विकासका कार्य गर्ने, वडाभित्र रहेको ज्यष्ठ नागरिकहरुको अभिलेख राख्नुका साथै ज्येष्ठ नागरिक क्लवलाइ आवश्यक गनेर्् सहयोग गर्ने, विशेष योजना सहित जिल्ला प्रहरी कार्यालय पछाडी रहेको टोलको विकास गर्ने, वडालाई डुवानमुक्त बनाउनका लागि ढल, नाला सफाइ गर्ने, वडावासीका मागहरुलाई प्राथामिकीकरण गरी आगामी योजना निर्माण गर्ने, वडा क्षेत्रभित्र भइरहेको चोरी नियन्त्रणका लागि सुरक्षा निकायसंग प्रभावकारी समन्वय गर्ने, वडाभित्र बढिरहेको लागुऔष दुब्र्यसन नियन्त्रणका लागि वडाबाट विशेष पहल गर्ने रहेका छन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायतको सहभागिता रहेको थियो ।
लोकप्रिय न्यूज । ३० जेष्ठ २०८०, मंगलवार १४:५१