एक्सनमा लुम्विनी प्रदेशका सांसद खत्री

नेपालगञ्ज, पुस १२ । लुम्विनी प्रदेशका सांसाद रत्न खत्रीले विकास निर्माण लगायतका विषयमा सम्वद्ध सरकारी कार्यालयका प्रमुखसँग छलफल गर्नुभएको छ ।

बाँके ३(१)का निर्वाचित सांसद खत्रीले मंगलबार शहरी विकास तथा भवन निर्माण मन्त्तत्रालयका प्रमुख रामआश्रय शाहसँग विकास निर्माणका आयोजनाबारे जानकारी लिनुभएको छ । शहरी विकास कार्यालयले जनता आवास कार्यक्रम, सडक तथा भवन निर्माणको काम गर्दै आएको छ । प्रदेश सांसद खत्रीले बुधबार सडक तथा पूर्वाधार कार्यालय अन्तर्गत संचालित विकास निर्माणका कार्यक्रमहरुको बारेमा जानकारी लिनुहुनेछ ।