मेयर कपकाे उपाधी सेन्ट जेभियर्सलाई

नेपालगञ्ज – बांके जिल्ला फुटबल संघले आयाेजना गरेकाे मेयर कप अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियाेगिताकाे छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र छात्रातर्फ नेपालगञ्ज माेडेल एकेडेमीले उपाधी जितेका छन् ।

२८ वटा विद्यालयले भाग लिएकाे छात्र फुटबलमा सेन्ट जेभियर्सले नेपालगञ्ज माेडेल एकेडेमीलाई २-० गाेलले पराजित गर्दै उपाधी जितेकाे हाे । सेन्ट जेभियर्सलाई जिताउन दुवै गाेल सुमित थापाले गरेका थिए । उनले ६० र ६७ मिनेटमा गाेल गरेका थिए । म्यान अफ द म्याच पनि सुमित नै भए । उनलाई नेवालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले पुरस्कृत गरे

उपाधी जितेकाे सेन्ट जेभियर्सले २१ हजार, ट्रफी र मेडल पायाे । दाेस्राे भएकाे माेडेलले ११ हजार, ट्रफी र मेडल पायाे । प्रतियाेगितामा सेन्ट जेभियर्सका सुमित थापा उत्कृष्ट खेलाडी चुनिए । उनले दुई हजार पांच सय रुपैया पाए ।

छात्रातर्फ माेडेलले खजुराकाे मनकमना नेरामावि ई गाउँलाई २-० गाेलले पराजित गर्दै उपाधी जित्याे । माेडेलका तिलसरा बुढाले २० मिनेट र चमेली चाैधरीले ५० मिनेटमा गाेल गरेका थिए । माेडेलका तिलसरा बुढा वमन अफ द म्याच भइन् । उनलाई व्यवसायी बबि विष्टले पुरस्कृत गरे ।

उपाधी जितेकाे माेडेलले २१ हजार र दाेस्राे भएकाे मनकामनाले ११ हजार, ट्रफी र मेडल पाए । छात्रातर्फ मनकामनाका लक्ष्मी विक उत्कृष्ट खेलाडी भइन् । उनले दुई हजार पांच सय पुरस्कार पाइन् ।

प्रतियाेगिताका विजेता, उपविजेता, उत्कृष्ट खेलाडीलाई नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रवक्ता प्रमाेद रिजाल, शिक्षा महाशाखा प्रमुख गाेर्खबहादुर थापा, एन्फाका केन्द्रीय सदस्य भाेजराज शाही, धम्बाेझी क्लवका अध्यक्ष तारामान कुंवर लगायतले पुरस्कार वितरण गरेका थिए ।