राजापुरमा स्थानीय शासनको प्रारुपका विषयमा कार्यशाला

बर्दिया, कात्तिक २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वाताबरणमैत्री स्थानीय शासनको प्रारुपका सन्दर्भमा विभिन्न स्थानीय तहमा कार्यशाला थालेको छ । यसैक्रममा बिहिवार बर्दियाको राजापुर नगरपालिकामा कार्यशाला सम्पन्न गरिएको छ । मन्त्रालयका उपसचिव मोहनकुमार घिमिरेको नेतृत्वमा रहेको मन्त्रालयको टोलीले वाताबरणमैत्री स्थानीय शासनको प्रारुपको विषयमा कार्यक्रममा सहजिकरण गरेको थियो ।


राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले वाताबरणमैत्री स्थानीय शासन सबैका लागि आवश्यक पर्ने भन्दै राजापुरका लागि झनै जरुरी रहेको बताउनुभयो । मन्त्रालयका अनुसार बर्दियाको मधुवन नगरपालिकामा समेत यस्तैखालको कार्यशाला गरिनेछ ।