नेपालगञ्ज, चैत ५ गते । बाँकेको खजुरास्थित ज्ञानोदय वहुमुखी क्याम्पसमा आईतबार भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा एमाले सम्वद्ध अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । अनेरास्ववियुका तर्फबाट अध्यक्षमा विनयकुमार यादवसहितको पुरै प्यानल विजयी भएको हो । यसैगरी सचिवमा प्रेम प्रसाद पौडेल, कोषाध्यक्षमा विनिता पुन मगर विजयी हुनुभएको छ । अध्यक्षमा विजयी यादवले १०१ मत प्राप्त गर्नुभयो भने अखिल क्रान्तिकारीका मो. सरिफ खाँले ६१ र नेविसंघका हिमाल पंगालीले ४८ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा सपना थापा क्षेत्री,मो. उस्मान खाँ र निरुता थापा विजयी हुनुभएको छ । मतदानमा २२२ मत खसेको थियो ।
समानुपातिकतर्फ अनेरास्ववियु १०७, नेपाल विद्यार्थी सङ्घ ५७ र अखिल क्रान्तिकारीले ५४ मत प्राप्त गरेका छन् ।
लोकप्रिय न्यूज । ५ चैत्र २०७९, आईतवार १८:१६