बाँके, पुस २६ । बाँकेको खजुरा गाउँपालिकामा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ शुक्रबारदेखि शुरु भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर–२ के गाउँ स्थित शुक्र भलिबल स्टेडियम सितापुरमा एक भब्य समारोहका बीच उक्त प्रतियोगिताको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुपाmनले उद्घाटन गर्नुभयो ।
शुक्र मावि के गाउँको व्यवस्थापन तथा खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजनामा आगामी पुष २९ गतेसम्म हुने प्रतियोगितामा विभिन्न विधामा जम्मा ४८ वटा प्रतियोगिता हुने उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिनुभयो ।
सामाजिक विकास संयोजक कृष्णा पोख्रेलको सभाध्यक्षतामा भएको उद्घाटन शत्रमा पालिका अध्यक्ष विक र उपाध्यक्ष मल्लले पानसमा द्वीप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गर्नुभयो भने सोक्रममा बटुकद्वारा शान्ति स्तुती श्रवण गराइएको थियो । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले सहभागीलाई स्वागत गर्नुभएको थियो ।
प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२, आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले रनिङ शिल्डमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा माध्यमिक तर्फ एथ्लेटिक्स भलिबल र कबड्डी गरी जम्मा ३० इभेन्ट, आधारभूत तहमा निमावि तर्फ १२ वटा र प्राथमिक तहमा ६ वटा एथलेटिक्स इभेन्ट गरि जम्मा ४८ वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।
लोकप्रिय न्यूज । २६ पुष २०८१, शुक्रबार २२:०५