बाँकेको खजुरामा विद्यार्थीलाई लैङ्गिक हिंसा र जलन प्राथमिक उपचार तालिम

बाँके,फागुन १४ । बाँकेको खजुरा गाउँ पालिकाका विद्यार्थीलाई लैङ्गिक हिंसा र जलन प्राथमिक उपचार तालिम प्रदान गरिएको छ ।
जलन उपचारको क्षेत्रमा कृयाशिल सस्था अग्नि हिंसा पिडित (बिभिएस) ले बाँके  जिल्लाको खजुरा का आदर्श  माबि र अरुणाेदय माबिका ८० जना विद्यार्थीलाई जलन ब्यवस्थापन तालिम दिएको हो ।

जाडोको समयमा अत्याधिक मात्रामा जलनका घटना हुने भएकाले प्राथमिक उपचार बिधी सिकाईएको सस्थाका फिल्ड अफिसर सुरेन्द्र दिप कार्कीले जानकारी दिनुभयो । तालिममा सैद्धान्तिक ब्यावहारिक र प्रयोगात्मक ज्ञान दिइएको उहाँले बताउनुभयो ।