बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल

बाँके, असोज ७ । बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत दिलबहादुर पौडेलको सरुवा भएको छ । मुगुको सोरु गाउँपालिकामा कार्यरत पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि आईतबारदेखि जानकी गाउँपालिकामा हाजिर हुनुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका लगायत विभिन्न स्थानीय तह र गृह मन्त्रालयमा काम गरेको अनुभव भएका पौडललाई निजामती प्रशासनमा अव्वल प्रशासकको रुपमा चिनिन्छ । उहाँले जनप्रतिनिधी, कर्मचारी र आम स्थानीयबासिन्दाको साथ र सहयोगमा गाउँपालिकामा काम गर्ने बताउनुभयो ।