बाँके । बाँकेको खजुरा गाउँपालिका ४ ई गाउँमा आयोजित खुला फूटबल प्रतियोगिताको उपाधी आयोजक ई गाउँ बि ले जित्न सफल भएको छ ।
शनिबार भएको फाइनलमा आयोजकले ब्रदर्श क्लबलाई २-१ गोलको अन्तरले बिजेता बन्दै खसी जित्न सफल भयो ।
आयोजकका तर्फबाट भुपेन्द्र शाही र बिजय सिंह ठकुरीले गोल गरे भने ब्रदर्शका भरत घर्तीमगरले गोल गरे । फाइनलमा ई गाउँका शाही म्यान अफ द फाइनल भएको खेलका रेफ्री कृष्ण चन्द ठकुरीले जानकारी दिनुभयो ।
बिजेता र उपबिजेता समुहलाई खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टेकबहादुर रोका, सदस्य बलबहादुर बिसी, न्यु दर्पन युवा स्पोर्ट्स क्लबका अध्यक्ष प्रकाश केसी, आयोजक समितिका संयोजक गणेशजङ्ग वली,समाजसेवी शंकर रावत लगायतले पुरस्कर वितरण गर्नुभयो । प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको थियो ।
लोकप्रिय न्यूज । २९ भाद्र २०८१, शनिबार २१:५७