बाँकेको खजुरामा लुकेर रहेका क्षयरोगका विरामी पहिचानका लागि बिशेष अभियान 

बाँके,चैत ११ गते । बाँकेको खजुरा गाउँपालिकाभित्र क्षयरोगका बिरामी पहिचानका लागि विशेष अभियान सुरु भएको छ ।

पाँच बर्षभित्र पालिकालाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित अभियान सुरु भएको स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले जानकारी दिनुभयो । अहिले पनि धेरै बिरामी विभिन्न कारणले सार्बजनिक हुन डराउने र हेलचक्राई गरि अन्तिम समयमा मात्र क्षयरोगको परिक्षण गर्ने भएकाले उनीहरुको पहिचान गरि समयमै उपचारको प्रक्रियामा ल्याउन अभियान चलाईएको ढकालले बताउनुभयो । बिरामीको पहिचानका लागि अलग्गै स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।
वडा स्तरमा र पालिकास्तरमा समिती बनाएर सोही आधारमा कार्यक्रम बनाउने गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिनुभयो । खजुरामा चालू आवको हालसम्म ८० जना बिरामी फेला परेका छन । १४० जना विरामी पहिचान हुने लक्ष्य राखिएपनी केही लुकेको आधारमा उनीहरुलाई पहिचानका लागि अभियान चलाईएको हो ।

यसैबीच  क्षयरोग दिवस २०८० को सन्दर्भ पारेर खजुरामा क्षयरोगका विरामीहरुलाई आईतबार पोषण प्याकेज वितरण गरिएको छ । पालिकाका आठ जना बिपन्न परिवारका बिरामीलाई पोषण प्याकेज वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले बताउनुभयो ।