बिदाका दिन चलेका सरकारी गाडी अखिलले नियन्त्रणमा लिई ट्राफिकलाई बुझायो

बाँके, फागुन १२ । अनेरास्ववियु बाँकेले शनिबार सार्वजनिक बिदाका दिनमा सञ्चालनमा रहेका सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अनुमति बिना ब्यक्तिगत प्रयोजनका लागि संचालनमा रहेका एकदर्जन सवारी साधन नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको जिल्ला अध्यक्ष प्रकाश विकले जानकारी दिनुभयो ।

अनेरास्ववियुले लामो समयदेखि विदाका दिनमा हुने सरकारी सवारी साधनको दरुपयोग रोक्न यसखालका कार्यक्रम गर्दै आएको छ । केन्द्रीय सदस्य सुमन घिमिरे, मब क्याम्पस नेपालगञ्जका स्ववियु अध्यक्ष माधव खत्री लगायत विद्यार्थी नेताहरुको सहभागितामा अनेरास्ववियुले शनिबार नेपालगञ्जमा सरकारी सवारी साधनको दुरुपयोग रोक्न कार्यक्रम गरेको हो ।