महोत्सवमा ज्योतीको बबाल प्रस्तुती

नेपालगन्ज – चर्चित लोक दोहारी गायिका ज्योती मगरले आई लभ यू सोल्टी भनेपछी नेपालगन्ज महोत्सवका दर्शक लठ्ठै भएका छन् । छैठौं नेपालगन्ज महोत्सवको सातौं दिन महोत्सवमा ज्योतीले जिस्काउदै ‘तलपनि पिरालो माथि पनि पिरालो चोरी खान पल्केको त्यो सेक्सी बिरालो’ बोलको गीत गाएपछि नेपालगन्जका दर्शक मसक्कै भएका थिए ।

‘कान्छी मुसुक्कै पैसा भुसुक्कै, खोली भित्र पानी चोली भित्र जवानी, सुर्खेत बुलबुल जाउला नाचौला मादलको तालैमा, नाकको फुलि कानैमा झुम्काना यसै काहा पाइन्छ र उम्कन उइ मुलाको सिन्की उइ मुलाकी चाना, तलपनि पिरालो माथि पनि चोरी खान पल्केको त्यो सेक्सी बिरालो, जाले रुमाल सोल्टीलाई बैना भो, चान चुने त काहा होला र जिमल बाउकी छोरी अधेरी मा लाको माया काली छैन गोरी’ लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको छ । गायीका ज्योतीको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित प्रस्तुतीले दर्शर्क नाच्न बाध्य भएका थिए । ज्योतीले जिस्काउदै आई लभ यू सोल्टी भनेर गीत गाएपछि महोत्सवका दर्शक झन् बढी झुमी झुमी नाचेका थिए । ज्योतीले करिब दर्जन बढि आफ्ना र्चिर्चत चर्चित गित गाएर महोत्सवमा सहभागी दर्शक महोत्सव स्थलमा बस्न बाध्य बनेका थिए । गायक तथा उद्घोषक दिपु मगरको प्रस्तुतीमा पनि दर्शक निकै रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुती रहने आयोजक ए.जि. सर्भिस प्रा.लि.का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र मोडल बिजय पुनले संचालन गरेका थिए । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित गायक कुलेन्द्र बि.क, गायक श्रीनिवास थारु, गायिका रुपा घर्ति मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।