नेपालगञ्ज, असार २४ । भेरी अस्पताल विकास समितिको अध्यक्षमा विरेन्द्रबहादुर शाह नियुक्त हुनुभएको छ । नेपाली काँग्रेसका युवा नेता शाहले यसअघि नेपालगञ्ज १३ को वडा अध्यक्षको जिम्मेवारी पनि पुरा गर्नुभएको थियो । ईमान्दार र सादगी युवा नेताको पहिचान बनाएका शाहले सबै पक्षसँग हातेमालो गर्दै अस्पताललाई अघि बढाउन लागिपर्ने बताउनुभयो । शाहर्लाइ तीनवर्षका लागि अध्यक्षमा नियुक्त गरिएको छ । यसअघि प्रमोद धितालले तीनवर्षे पदावधी पुरा गरेपछि रिक्त रहेको अध्यक्षमा शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियुक्त गरेको हो ।
लोकप्रिय न्यूज । २४ असार २०८०, आईतवार २१:४०