न्यू दर्पण ईगाउँ डम्मर रानाभाट स्मृती कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश

नेपालगञ्ज, फागुन २६ । न्यू दर्पण युवा क्लव खजुरा ४ ईगाउँ बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ धौलागिरीमा संचालित डम्मर रानाभाट स्मृती कप फुटबल प्रतियोगिता–२०७९ को फाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाईनल खेलमा आयोजक हिमालय सामुदायिक क्लव धौलागिरीलाई २ –१ गोल अन्तरले पराजित गर्दै न्यू दर्पण प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाईनल खेल शनिबार दिउसो ३ बजे न्यूदर्पण र न्यूडाफे क्लव डिगाउँबीच हुने भएको छ । प्रतियोगितामा १६ वटा टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथमलाई ५० हजार र दितियलाई २५ हजार पुरस्कार राखिएको छ ।