एशोसियट सदस्य पदका उम्मेदवार कमल कार्की को हुन ?

बाँके, साउन २८ । मेहनत, ईमान्दारिता र लगशिलताले कुनैपनि ब्यक्तिलाई सफल बनाउँछ भने जस्तै नेपालगञ्जका ब्यवसायी कमल कार्कीले आफुलाई उद्योग ब्यवसायको क्षेत्रमा स्थापित गर्न सफल हुनुभएको छ ।

बागेश्वरी हिमपार्ईप एण्ड विद्युत पोल उद्योग प्रालि मार्फत ब्यवसायमा जोडिनुभएका कार्की हाल करिब डेढदर्जन उद्योग प्रतिष्ठानको नेतृत्वदायी भूमिका रहनुभएको छ । उहाँ सिद्धबाबा हार्डवेयर प्रालि, सिग्नेट, कन्स्ट्रक्सन प्रालि, शिव शंकर बालुवा एण्ड क्रसिंग इण्डष्ट्रिज, स्टार पोलीपाईप, बागेश्वरी स्टिल स्ट्रक्चर, जय हुमान आयल स्टोर्स, न्यू बागेश्वरी सप्लायर्स, सिद्धबाबा स्टिल इन्डष्ट्रिज, सिद्धबाबा प्लाष्टिक प्रालि, वेष्टर्न क्रसर प्रालि कैलाली, स्वर्गद्धारी हिमपाईप दांग, रामजानकी हिमपाईप जनकपुर, भागेश्वर हिमपाई बनेपा र बागेश्वरी हिमपाईप सुर्खेतको सञ्चालकको रुपमा रहनुभएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघको यहिँ भदौं २ गते हुने निर्वाचनमा समावेशी प्यानलको तर्फबाट एशोसियट सदस्य पदको उम्मेदवारको रुपमा रहनुभएको छ ।

उद्योगी ब्यवसायीका समस्यालाई संघभित्र दह्रोरुपमा राख्न सक्ने मात्रै नभई उद्योगी ब्यवसायीका कुनैपनि समस्या आईपरेमा सहजिकरणका लागि जुनसुकै समयमा पनि उपस्थित हुन सक्ने उम्मेदवारको रुपमा कार्की देखिनुभएको छ ।