नेपालगञ्ज, माघ ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी नेपालगञ्जको दादुरा महामारी प्रभावित क्षेत्रको स्थलगत अनूगमनका लागि नेपालगञ्ज आईपुग्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार मन्त्री गिरी भोली आईतबार विहान ८ बजे वडा नम्बर ५ फुल्टेक्रामा पुग्ने कार्यक्रम रहेको छ । मन्त्री गिरीको प्रमुख आतिथ्यतामा भेरी अस्पतालको नव निर्मित डायलोसिस सेवाको शुभारम्भ गरिने भएको छ ।
मन्त्री गिरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल, केन्द्रीय सदस्य दिपा शर्मा, रतननाथ योगी, किशोर थापा सहित शनिबारसाँझ नेपालगञ्ज पुग्नुभएको हो ।
यसअघि एमाले नेता तथा क्षेत्र नम्बर १ का सांसद ढकालले बाँकेमा फैलिएको दादुरा रोग नियन्त्रणका लागि प्रभावकारी कमद चाल्न मन्त्री गिरीको ध्यानाकर्षण गराउनुभएको थियो ।
लोकप्रिय न्यूज । ७ माघ २०७९, शनिबार २१:०४