बाँके, चैत २५ गते । बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँका रामगोपाल लोध बैदेशिक रोजगारीको सिलसिलामा करिब ६ बर्ष मलेसियामा बिताउनुभयो । गत मङ्सिरमा उहाँ खुट्टा नचल्ने बिरामी भएपछि कार्यरत कम्पनीले बेवारिसे छोड्यो ।
बिरामीपछि बेवारिसे छोडिएका लोधलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पहलपछि घरसम्म पु¥याउन सकिएको छ । आफुले ६ बर्ष सम्म काम गरेको कम्पनिले बिरामी पर्दा औषधी उपचार नगरि बेवारिसे छोडेको जानकारी लोधका सहकर्मीमार्फत घरसम्म पुगेपछि उहाँको उद्धार हुन सकेको हो ।
एमाले नेता भिम वलीले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेलसँग लोधको अवस्थाबारे जानकारी गराएपछि प्रधानमन्त्री कार्यालयले श्रम र परराष्ट्र मन्त्रालय हुँदै मलेसियास्थित नेपाली दुताबाससम्म लोधको उद्धारका लागि समन्वय गरेको थियो ।
एमालेृ नेता वलीले भन्नुभयो, ‘ प्रधानमन्त्री कार्यालयको सक्रियतापछि बिदेशमा अलपत्र परेका लोधलाई घर ल्याउन सफल भएका छौं ।’
लोधको भेरी अस्पतालमा उपचारपछि उहाँको स्वास्थ्यमा सुधार भएको छ । बोन टिभीका कारण खुट्टा चलाउन समस्या भएपछि उहाँलाई केही दिनअघि सहजताका लागि ह्विलचेयर प्रदान गरिएको छ । रेरी बाँकेको टोलीले लोधको घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरेको हो । एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, रेरी बाँकेका अध्यक्ष पुनितबिक्रम शाह लगायतले लोधलाई ह्विलचेयर हस्तान्तरण गर्नुभयो । लोध अशक्त भएपछि उहाँको सन्तानको पढाईमा समेत समस्या देखिएको छ ।
लोकप्रिय न्यूज । २४ चैत्र २०८१, सोमबार १५:२४