नेपालगञ्ज, जेठ २३ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ईगाउँमा रहेको खानेपानी तथा सरसफाई समितिले बिश्व वाताबरण दिवस तथा २४ औं सरसफाई सप्ताहको अवसर पारेर मंगलबारदेखि सरसफाई अभियान सुरु गरेको छ । मंगलबार वडा अध्यक्ष टेकबहादुर रोकाय, खानेपानी डिभिजन कार्यालयका अधिकृत हिमकुमारी पुन, ईञ्जिनियर गोपाल शर्मा सहित खानेपानी समितिका पदाधिकारी तथा सदस्य र स्थानीय बासिन्दाको उपस्थितीमा सचेतनामुलक अभियान सहित सरसफाई गरिएको छ ।
समितिका अध्यक्ष उज्जवल बिसीले सरसफाई र खानेपानी एकआपसमा सम्वद्ध रहेको भन्दै अबदेखि नियमित सरसफाईमा जोड दिन सबैमा आग्रह गर्नुभयो उहाँले टोलटोलमा सरसफाई बारे जनचेतनामुलक अभियान गरिने बताउनुभयो । वडा अध्यक्ष रोकायले सरसफाईका लागि प्रत्येक नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
डिभिजन कार्यालयका अधिकृत पुनले पानीजन्य रोगका कारण बर्षेनी विभिन्न रोगहरु सर्ने गरेको भन्दै स्वास्थ्य र सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । खानेपानी र सरसफाई एकअर्काका लागि परिपूरक रहेको भन्दै उहाँले प्लाष्टिकजन्य वस्तुको प्रयोग कम गर्ने र उचित ब्यवस्थापन गर्न सुझाव दिनुभयो ।
लोकप्रिय न्यूज । २३ जेष्ठ २०८०, मंगलवार १५:०७