नेपालगञ्ज, चैत २२ । नेपालगञ्जको पुष्पलाल चोकदेखि राझा सम्मको अर्को गुणस्तरीय र आरामदायी सडकले पुर्णता पाउँदैछ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माको पहल र अग्रसरतामा अबको केही दिनमै सो सडकले पूर्णता पाउँदैछ । हाल लग्दहवामा भईरहेको अस्फाल्ट कालोपत्रेको काम केही दिनमै पुरा हुने वडा अध्यक्ष वर्माले जानकारी दिनुभयो । यो सडकको निर्माण सम्पन्न भएपछि नेपालगञ्जको बाईपास सडकबाट सुर्जीगाउँ– लग्दहवा –सोल्टी होटल हुँदै राझा चोक पुग्न सहज हुने छ । यसले भित्री वस्ती समेत छुने भएकाले वडाको चक्रपथको रुपमा लिइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले वडाभित्र धमाधम सडक तथा नाली निर्माणको कार्य धमाधम अघि बढिरहेको जनाएको छ । कारकादौंमा वस्ती धेरै भएपनि धेरै सडकहरु निर्माण भईरहेका छन् । वडा सदस्य दिग्विजय ढुंगानाले वडाबासीको माग अनुसार विकास निर्माणका कार्य भईरहेको बताउनुभयो ।
लोकप्रिय न्यूज । २२ चैत्र २०७९, बुधबार २०:५०