ब्यवस्थापन समितिको निर्वाचनमा दलीय प्रतिष्पर्धा

नेपालगञ्ज, माघ १३ । बाँकेको खजूरा गाउँपालिकामा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा ब्यवस्थापन समिति चयनका लागि मतदान भएको छ । मतदानमा एकहजार ७८५ अभिभावक मतदाताको रुपमा रहेका छन् । यो निर्वाचनमा सत्तारुढा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र सहितको समर्थन रहेको एउटा प्यानल रहेको छ भने काँग्रेस नेतृत्वमा साना दलहरुको समर्थन रहेको अर्को प्यानल प्रतिष्पर्धामा रहेको छ ।

सत्तारुढ गठबन्धनको समर्थन रहेको प्यानलमा नारदप्रसाद शर्मा, रामवहादुर खवास, महिला सदस्यमा भिमसरा भण्डारी र कौशिला थापा मगर उम्मेदवार रहनुभएको छ । यसैगरी काँग्रेसको समर्थन रहेको प्यानलबाट विकासहरी कोइराला, सहजराम यादव र महिला सदस्यमा रमा फुयाल र सरोजाकुमारी यादव प्रतिष्पर्धामा रहनुभएको छ । यो निर्वाचनले स्थानीय निर्वाचनको रौनक दिएको स्थानीयले बताएका छन् । पार्टीका जिल्ला स्तरका नेता, जनप्रतिनिधीहरु मत माग्न पुगेका छन् ।