नेपालगञ्ज, माघ ६ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले माध्यामिक विद्यालय लग्दहवाको शैक्षिक सुधारका लागि ६ कोठे पक्कि सटर निर्माण गरिदिएको छ ।
वडा अध्यक्ष दिपक वर्माको पहलमा अर्थ मन्त्रालयबाट विनियोजन भएको तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गतको ३५ लाख र विद्यालयको ३ लाख ५० हजार
रुपियाँमा सुर्खेतरोडस्थित वडा कार्यालयको छेउमा पक्किर सटर निर्माण गरिएको हो । वडा अध्यक्ष वर्माले सटरबाट प्राप्त आम्दानी विद्यालयले माध्यामिक तहमा शिक्षक दरबन्दी थप्न र अन्य शैक्षिक ब्यवस्थापनका लागि खर्च गर्ने जानकारी दिनुभयो । ६ दशक पुरानो विद्यालयको शैक्षिक स्तर सुधारका लागि वडा कार्यालयले विशेष अग्रसरता देखाएको हो ।
वडाले यसबर्ष शैक्षिक पूर्वाधार विकास र गुणस्तरीय शैक्षिक ब्यवस्थापनलाई प्राथमिकता दिइने जनाएको छ । वडाले विभिन्न विद्यालयमा चालु आवमा ५० लाख बढि वजेट विनियोजन गरेको छ ।
लोकप्रिय न्यूज । ६ माघ २०७९, शुक्रबार १५:४७