मदन भण्डारी बहुउद्देश्यीय सभा हल नामाकरण गर्न एमालेको गम्भीर ध्यानाकर्षण

बाँके,माघ ११ । नेकपा एमालेले बिहीवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको बहुउद्देश्यीय सभाहलको नाम गाउँसभाको निर्णय अनुसार मदन भण्डारी बहुउद्देश्यीय सभाहल कायम गर्न माग गरेको छ ।

नेकपा एमालेका नेता किस्मत कक्षपती गाउँपालिका अध्यक्ष रहेको समयमा २०७६ सालमा गाउँ सभाबाट  निर्णय गरि मदन भण्डारी बहुउद्देश्यीय सभाहल नामाकरण गरेर आन्तरिक बजेटबाट निर्माण गरिएको सभाहलको बिहिवार बहुउद्देश्यीय सभाहलको नामबाट उद्घाटन गरिएपछि एमाले खजुरा गाउँपालिका कमिटीले बिरोध जनाउदै पुरानै नाम कायम गर्न माग गरेको हो ।

एमाले खजुरा गाउँपालिका कमिटीका अध्यक्ष देबिलाल खनालले शुक्रबार बिज्ञप्ती जारी गरि गाउँसभाको निर्णय लत्याएर गरिएको फरक नामाकरण गैरकानुनी र अशोभनीय रहेको भन्दै गाउँसभाको निर्णय अनुसार पुर्ववत मदन भण्डारी बहुउद्देश्यीय सभाहल कायम गर्न माग गर्नुभएको छ ।

यस्ता निर्णयले भविस्यमा गलत नजिर स्थापित हुन सक्ने भएकाले गाउँसभाको निर्णय अनुसार नामाकरण गर्न एमालेले गम्भीर ध्यानाकर्षण  गराएको सचीव रोशन शाहीले बताउनुभयो ।