बाँकेको जानकी ३ मा नागरिकताको अनुसूची निःशुल्क

नेपालगञ्ज, कात्तिक १९ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरले नेपाली नागरिकताको प्रमाणपत्रका लागि आवश्यक अनुसूची फाराम निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

वडाध्यक्ष राजकुमार कुर्मीले वडाबाट गरिने सिफारिसका लागि सेवाग्राहीलाई आवश्यक कागजातको प्रतिलिपी सुविधा पनि वडाबाटै उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । वडाबासीलाई सहज होस भनेर वडा कार्यालयले निर्णय गरेको कुर्मीले बताउनुभयो । यसबाट वडाबासीले लाभ लिन सक्ने वडा कार्यालयले जनाएको छ ।