नेपालगञ्ज १ मा वृक्षारोपण

नेपालगञ्ज, असार १० । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का विभिन्न स्थानमा आईतबार वृक्षारोपण गरिएको छ । पर्यटकीय स्थलको रुपमा रहेको वाटरपार्क र वडा कार्यालयमा विभिन्न प्रजातीको विरुवा रोपिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा अध्यक्ष रिजाल , नेकपा एमालेका नगर अध्यक्ष दत्तप्रसाद आचार्य लगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो । वडा अध्यक्ष रिजालले नगरलाई हरित सहरको रुपमा विकास गनृ सार्वजनिक स्थानमा वृक्षारोपण गरिएको बताउनुभयो । नगर प्रमुख विष्टले नगरलाई हरित सहरको रुपमा विकास गर्ने नीति लिइएको भन्दै नगरबासीबाट पनि आवश्यक साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।